आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एक महिनामा बैंकहरुको नाफा १० अर्ब नजिक, पूँजी करिब ७ खर्ब

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७९



  • काठमाडौं । एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा बैंकहरुले ७ अर्ब १२ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुको खुद ब्याज आम्दानीमा भएको वृद्धिसँगै नाफा पनि बढेको हो ।

    चालु आवको एक महिनामा बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आम्दानी २१ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले साउन महिनामा कुल ५४ अर्ब ८९ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ब्याज भुक्तानीको लागि ३६ अर्ब ९३ लाख रुपैयाँ ब्याज खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । २०७८ साउनमा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरे र ब्याज खर्च वापत २० अर्ब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्दा खुद ब्याज आम्दानी १५ अर्ब १९ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij