आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नलगाड नगरपालिकाले सुत्केरी भैंसीलाई भत्ता दिने, लागत संकलन शुरु

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७९



  • जाजरकोट । भैंसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाइ दुध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिका भित्रका सबै सुत्केरी भैंसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

    ‘भैंसी सुत्केरी, प्रोत्साहन हात भरी ’ भन्ने कार्यक्रम अन्तरर्गत भैंसी पालक कृषकहरुलाई भैंसीको व्यवसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए ।

    भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैंसीलाई रु १ हजार ५०० दरले रकम दिन लागिँएको उनले जानकारी दिए । अधिकृत गिरीले भने ,‘ भैंसी पालन व्यवसाय विस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैंसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ । ’

    भदौबाट लागू हुने गरी सुत्केरी भैंसीको लागत संकलनको काम भइरहेको नगरपालिकाले जनाएको छ । पुर्वी क्षेत्रको नलगाड भैंसी पालन व्यवसाय राम्रो भएको पालिका मध्यमा पर्दछ । उक्त भत्ता लिएर भैंसीको हेरचाह, आहार र व्यवस्थापमा खर्च हुने छ । वर्षमा एक पटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको लिएको छ । एकै घरका धेरै वटा भैंसीहरु सुत्केरी भएमा ,उत्ती धेरै भत्ता दिने नगरपालिकाको योजना रहेको छ ।

    यो योजनाले दुध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैंसी पालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालीमटीमा दुध डेरी समेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारी मार्फत आधुनिक मेसिन जडान गरी काम समेत सुरु भएको नगरप्रमुख डम्वर रावतले जानकारी दिए । जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा समेत रहेको छ । जनसंख्याको चाप रहेको यस क्षेत्रमा आउन र जान समेत सहज रहेको छ ।

    यस क्षेत्रमा उत्पादन भएको दुध अन्य जिल्लामासमेत सजिलै ढुवानी गर्न सकिने भएको छ । भैंसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजनाले आफू खुसी भएको कृषक रामबहादुर रावलले बताए । उनले भने,‘ महिलालाइ त भत्ता दिएको थाहा पाएका थियौं तर अब भैंसीलाई पनि दिने भन्दै कर्मचारीहरु भैंसी अनुगमणमा आएका थिए , खुसी लाग्यो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij