आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनी प्रदेशमा आत्महत्याका घटना बढ्दै, तीन वर्षमा करिब ४ हजारले ज्यान गुमाए

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७९



  • दाङ । लुम्बिनी प्रदेशमा आत्महत्याका घटना बढ्दै गएकाे छ। वितेको तीन वर्षमा १२ जिल्लाका करिब ४ हजारले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । आइतबार दाङमा आत्महत्या रोकथाम सम्वन्धी सचेतनामुलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले प्रस्तुत गरेको तथ्यांक अनुसार लुम्बिनीमा तीन बर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपक्षक बीरबहादुर वलीले आर्थिक वर्ष २०७/०७७ मा लुम्बिनी प्रदेशमा १ हजार २ सय ३३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेको वलीले जानकारी दिए ।

    आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उनले बताए । खास कारण पहिचान गरि समस्या समाधानका लागि सबैलाई जागरुक बनाउने योजना रहेको उनको भनाई छ ।

    प्रहरी अध्ययनका अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुष धेरै रहेका छन् । कुल आत्महत्या गर्ने संख्यामा १३ प्रतिशत भन्दामाथि पुरुष र ७ प्रतिशत भन्दामाथि महिला छन् । उमेरका हिसावले १५ देखि ४९ वर्षका बढी मानिसले आत्महत्या गर्ने गरेका छन् ।

    मानसिक, यौनिक, शारिरीक यातना, सामाजिक, आर्थिक, वातावरणीय कारणले पनि आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्ष वलीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij