प्रकाशित मिति : शनिबार, अशोज ८, २०७९
पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भउको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरो खसेसँगै गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij