शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एयरपोर्टमा वलिउड अभिनेत्री करीना कपूरलाई घेरेर झोला तानियो

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७९



  • एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर खान सोमबार बिहान फिल्म सुटिङका लागि बेलायत जान लाग्दा प्रशंसकहरुले उनको झोला तानेर घेरेका थिए ।

    उनी आगामी फिल्मका लागि बेलायत जाँदै गर्दा भारतीय एयरपोर्टमा आफ्नो कारबाट बाहिर निस्किँदा प्रशंसकहरूको भीडले घेरिएकी हुन् । करीनासँग सेल्फी लिन मानिसहरुको यति भीड लागेको थियो कि त्यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

    आफ्नो मनपर्ने फिल्म स्टारको फोटो क्यामेरामा कैद गर्न उनका प्रशंसकहरू यति उत्सुक थिए कि जसले अभिनेत्रीलाई असहज महसुस गराएको थियो । तर जब कसैले करीनाको झोला तान्यो त्यसपछि उनी मानिसहरुसँग सेल्फी लिन बाध्य भइन् । भीडमा फसेकी उनले आफ्ना प्रशंसकको व्यवहार पनि धैर्यताका साथ हेरेकी भारतीय संचार माध्यमले जनाएका छन् । आफ्नो झोला तान्ने काम हुँदाहुँदै पनि करीनाले फ्यानहरूलाई निराश हुन नदिई कहिले हाँस्ने त कहिले पोज दिएर फोटो खिच्ने काम गरिन् । करिनाले यी अनियन्त्रित प्रशंसकहरुप्रति देखाएको धैर्यताको मानिसहरूले उनको प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रशंसकलाई नम्र व्यवहार गर्न पनि सल्लाह दिएका छन् । करीना कपूर कूल लुकमा एयरपोर्ट पुगेकी थिइन् । भारतीय संचार माध्यमका अनुसार करीना हंसल मेहताको आगामी फिल्मको सुटिङका लागि लण्डन गएकी हुन् ।

    उनको अघिल्लो रिलिज लाल सिंह चड्ढाले बक्स अफिसमा खासै कमाइ गर्न सकेन । करीनाले आगामी दिनमा नयाँ फिल्महरु ल्याउनेछिन् भन्नेमा उनका प्रशंसकहरु आशावादी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij