प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७९
पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक आजदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।
यस सडक ६५ किलोमिटरको दुरी रहेको छ । सडक अवरुद्ध हुँदा दसैँ मनाउने र दसैँ मनाएर फर्किनेलाई समस्या हुँदै आएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij