आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा करिब पाँच हजार घरमा क्षति

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७९



  • अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति भएको छ । राजपुरमा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

    यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा सात, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका परिवार विस्थापित भएका छन् । देउखुरीका चार पालिका लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । घरमा आंशिकरुपमा क्षति हुनेमा सबैभन्दा बढी लमही नगरपालिकामा रहेको छ ।

    केन्द्रका प्रमुख गिरीका अनुसार, लमही नगरपालिकामा एक हजार एक सय ९६, गढवा गाउँपालिकामा आठ सय ५२, राप्ती गाउँपालिकामा चार सय ९०, बङ्गलाचुली गाउँपालिकामा दुई सय, राजपुर गाउँपालिकामा एक सय २५ घरमा आंशिक क्षति भएको विवरण गाउँपालिकाबाट प्राप्त भएको उनले जानकारी दिए । त्यसैगरी घोराही उपमहानगरपालिकामा एक सय २०, बबई गाउँपालिकामा ८०, शान्तिनगर गाउँपालिकामा ५६, दङ्गीशरण गाउँपालिकामा ४० र तुलसीपुर उपमहानगरपालिकामा १९ घरमा आंशिक क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यसैगरी अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी दाङमा नौ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज १८ गते रातिदेखि भएको वर्षापछिको बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा धेरै बङ्गलाचुलीका चार, घोराही उपमहानगरपालिकाका तीन तथा राप्ती र बबई गाउँपालिकाका एक–एक जना रहेका प्रहरी उपरीक्षक वलीले बताए । मानवीय क्षति व्यहोरेका परिवारका सदस्यलाई नेपाल सरकारको निर्णयअनुसार प्रतिव्यक्ति रु दुई लाखको दरले राहत उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । पूर्णरुपमा घर भत्किएकाको हकमा रु १५ हजारदेखि रु २० हजार राहत दिइने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij