आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : अध्यक्ष प्रचण्ड

  • प्रकाशित मिति : शनिबार, अशोज २९, २०७९



  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।

    “म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भने, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।” उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताए ।

    “प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, अध्यक्ष दाहालले भने, “माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौं तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।” अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij