आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार,अझै एक दिन आइसियुमा राखिने

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १, २०७९



  • लखनऊ (भारत ) । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

    हिजो मेडिकल कलेज नेपालगञ्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए ।

    उनका अनुसार औषधि र आवश्यक उपचारका कारण अहिले स्वास्थ्यमा ७० प्रतिशत भन्दा बढी सुधार भइसकेको छ । ज्वरो पनि घटेको छ ।विशेषगरी एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डाक्टर आसिम किदवाईले रिफर गरेका थिए ।

    उपचारमा संलग्न चिकित्सकले अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताउँदै अझै एक दिन आइसियुमा राखेर उपचार गरिने जानकारी दिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

    एन्फ्लुयन्जा संक्रमणसंगै निमोनिया संक्रमण भएपछि आइसियुमा राखेर आइतबारबाट लखनऊको एपोलो हस्पिटलमा उपचार सुरु गरिएको हो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij