आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

५ वटा चोरीका मोटरसाइकल सहित ६ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १, २०७९



  • वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया बस्ने २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथमा ५ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज–२५ ड्राईपोर्टबाट पक्राउ परेका कुशवाहा र मण्डलद्वय प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

    वीरगञ्ज–२५ रामगढवाबाट पक्राउ परेका चौरसियालाई ना १८ प ४२१९ नम्बर, वीरगञ्ज १५ बाट पक्राउ गरिएका रिकी मण्डललाई ना ४२ प ९८२९ र सखुवाप्रसौनी गाउँपालिका– २ गुलवरियाबाट पक्राउ परेका आलमलाई ना १० प ५०५१ नम्बरको मोटरसाइकल चोरीको आरोप लागेको छ ।

    उनीहरु ६ जनालाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij