आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनी बौद्ध विश्वविद्यालय : ४५० विद्यार्थीको भविष्य २ जना शिक्षकको हातमा,४ पटक विज्ञापन गर्दा पनि पाइएनन् शिक्षक

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ४, २०७९



  • लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको बुटवलस्थित सिटी कलेजमा स्नातक तहअन्तर्गत कानुन विषय पढ्ने विद्यार्थी भर्खरै चौथो सेमेस्टरको परीक्षा दिएर पाँचौ सेमेस्टरमा पुगेका हुन् । त्यस्तै, भर्खरै +२ पास गरेर नयाँ विद्यार्थी प्रथम सेमेस्टरमा भर्ना भएका छन् । अहिले उक्त कलेजमा साढे ४ सयको हाराहारीमा कानून विषय पढ्ने विद्यार्थी छन् ।

    अहिले चार सेमेस्टर पढेका विद्यार्थीहरूले भने शिक्षकबिनै पढ्न बाध्य भएका छन् । प्रत्येक वर्ष कानून संकाय पढ्न ९० जनाको सिट क्षमता हो । सिटीमा २ जना शिक्षकले कानुन संकाय पढाइरहेका छन् । शिक्षकको अभावमा विद्यार्थीहरू पढाइका लागि भन्दा पनि सर्टिफिकेटका लागि पढ्ने गरेका छन् ।

    विश्वविद्यालयले चार पटक शिक्षकका लागि विज्ञापन गरेको थियो । तर, मागअनुसार शिक्षक पाउन सकेको छैन, कारण विश्वविद्यालयको आफ्नै नियमावली बाधक बनेको छ । विश्वविद्यालयले कानून संकायमा स्नातकोत्तर गरेका सहायक प्राध्यापक पदका लागि विज्ञापन गर्दै आएको छ, त्यो पनि अधिवक्ताको प्रमाणपत्र समेत लिएको हुनुपर्नेछ । जबकि अन्य विश्वविद्यालयले उपप्राध्यापकबाट सेवा प्रवेश गराउँदै आएका छन् ।

    विश्वविद्यालयले पहिलो पटक १५ चैत २०७८ मा २ जना सहायक प्राध्यापकका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा १ जनाले आवेदन दिएर उनी नियुक्त भए । त्यसबेला नियुक्त भएका रमेश यादवले दुई विषय पढाउँदै आएका छन् ।

    त्यसपछि २५ असार २०७९ मा दोस्रो पटक ४ जनाका लागि विज्ञापन आह्वान गरियो । जसमा भोगेन्द्र कुमार यादव र दीपक खनालले आवेदन दिए । उनीहरू दुवै जनाले लिखित परीक्षा दिए । लिखितमा पास भएपछि खनालले अन्तर्वार्ता बहिष्कार गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij