आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरी दीक्षान्त समारोह सम्पन्न, कैलाश लिम्बुले पाए कुलानन्द स्मृति पुरस्कार

  • प्रकाशित मिति : आइतवार, कार्तिक ६, २०७९



  • प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।

    गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आइतबार दीक्षान्त समारोह सम्पन्न भएको हो।

    समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरे।

    उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो।

    श्री कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए।

    उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने भन्ने उद्देश्यले स्थापना गरिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij