प्रकाशित मिति : सोमवार, कार्तिक ७, २०७९
दाङ। दाङ घोराही उपमहानगरपालिका १५ मा म्याजेष्टिक होटलको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच होटलको उद्घाटन गरिएको हो । यसअघि देखिनै सञ्चालित होटकलको भुषाल ग्रुपले पुनः सञ्चालनको जिम्मेवारी लिएसँगै फेरि सोमबार उद्घाटन गरिएको थियो ।
ग्रमुका अध्यक्ष दुर्गा भुषालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उदुघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै कुनै पनि ठाउँमा पर्यटकलाई अप्ठ्यरो परेको समयमा होटल व्यवसायीले सहयोग गर्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँल्े स्थानीय परिकारलाई ध्यान दिन पनि सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।
भुषाल ग्रुपका भुपेन्द्र भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मशाल, उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य ध्रुबराज श्रेष्ठ भारीलगायतले शुभकामनासहित आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण भुषाल ग्रुपका नारायण भुषालले गर्नुभएको थियो । यस ग्रुपले दाङमा टुर एण्ड ट्राभल्स पनि सञ्चालन गर्दै आइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij