आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जेलमै बुझे रेशमले २०५३ सालको गीतको रोयल्टी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १०, २०७९



  • काठमाडौं । कैलालीको टिकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् ।

    उनले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को रोयल्टी १७ हजार २१५ रुपैयाँ मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन् ।

    ‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ,’ कारागारबाटै निकालेको विज्ञप्तिमा चौधरीले लेखेका छन्, ‘मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु ।’

    रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । रेशमले बर्दिया–२ बाट दिएको उम्मेदवारी भने निर्वाचन आयोगले रद्द गरिदिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij