आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भाइटीका लगाउने भन्दा बालगोपालेश्वर मन्दिर अवलोकन गर्ने अत्यधिक

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १०, २०७९



  • काठमाडौं । वर्षको एक पटक भाइटीकाको दिन पारेर खुल्ने रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइ टीका लगाउने भीड केही कम देखियो । विगतका बर्षहरुमा भाइटीका लगाई दिने र लगाउनेहरुको निकै भिड देखिने बालगोपालेश्वर मन्दिरमा यो पटक टीका लगाउने भन्दा घुमफिर गर्नेहरु बढी देखिन्थे ।

    काठमाडौंकी ३० वर्षीया रविना कपालीले बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँदै आएको २१ वर्ष भयो । ९ वर्षदेखि भाइ टीकाको दिन मन्दिरमा बसेर हजारौंलाई दाजु भाइ बनाएकी रविनाले यो वर्ष पनि भाइटीका गरीन् । दिदीबहिनी नभएका या आफ्नो साथमा नभएर टीका लगाउन नपाएका दाजुभाइहरु रविनाकोे हातको टीका लगाउन रानीपोखरी पुगेका छन् । टीका लगाउने क्रम नै पहिलो भेट भएपनि कति जनासँग निकै आत्मीय सम्बन्ध हुने गरेको रविना बताउनुहुन्छ ।

    भुवन दास मानन्धर आफ्नो दुई दिदीबहिनीको मृत्यु भएपछि बालगोपालेश्वर मन्दिरमा गएर हरेक वर्ष भाइटीका लगाउने गरेको बताउनुहुन्छ । मानन्धरले यो वर्ष बाल गोपालेश्वरमा नयाँ बहिनी बनाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभएको छ ।

    हरेक वर्ष हजारौँको संख्यामा बालगोपालेश्वर मन्दिरले हजारौंको संख्यामा दाजुभाइ नभएकालाई दिदीबहिनी र दिदीबहिनी नभएकालाई दाजुभाइ जुराईदिने गर्दछ । दिदीबहिनी विदेशमा भएका वा दाजुभाइ विदेशमा भएकाहरुले पनि यहाँ आएर टिका लगाएका छन् ।

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइन्छ ।

    चुनावका राजधानीबाट थुप्रै मानिस गाउँ फर्किंदा विगतभन्दा को तुलनामा बालगोपालेश्वर मन्दिरमा भाइटीका गर्नेहरुको संख्या घटेको बताइन्छ । आएकाहरु पनि टीकटक र सामाजिक सञ्जालमा रम्न रमाउन आएका देखिन्थे । यो मन्दिर भाइटीकाका दिन मात्र खुल्ने भएकाले पनि धेरैका लागि जिज्ञासा बनेको देखियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij