प्रकाशित मिति : शनिबार, कार्तिक १२, २०७९
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकैको रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू १८ जना छन्।
उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij