शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काठमाडौं छिर्दै पञ्जाब र हरियाणाको धुवाँ

  • प्रकाशित मिति : आइतवार, कार्तिक १३, २०७९



  • काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन् । विशेषगरी कात्तिक र मंसिर महिनामा पराल जलाउने गरिन्छ । तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन ।

    पराल जलाउनेक्रममा दुर्घटनासमेत निम्तिने गरेका छन् । नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउनेक्रममा २२२ वटा दुर्घटना भएका थिए । यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन् । त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ ।

    त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भन्नुभयो, “पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पराल डढाउने कार्य सुरु भएको देखिन्छ । यसबाट निक्लने प्रदूषित हावा केही समयमा काठमाडौंलगायत देशका धेरै क्षेत्रसम्म आउने सम्भावना देखिन्छ ।” पराल जलाउनुको सट्टा भारत सरकारले अन्य विकल्प खोज्नुपर्ने र यो क्षेत्रीय समस्या भएकाले नेपाल सरकारले पनि आवाज उठाउनुपर्ने पोखरेलले बताउनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij