आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चर्चित अमेरिकी र्‍यापर टेकअफलाई पासा खेलिरहेको समयमा गोली हानी हत्या

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १७, २०७९



  • चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको छ ।

    गोली प्रहारलगतै टेकअफको ज्यान गएको थियो भने घटनामा अन्य दुई जनालाई पनि गोली लागेको थियो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । मिगोसका अन्य सदस्य कुआभो घटनास्थलमा रहेको भए पनि उनी भने सुरक्षित छन् । सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि ¥याप गाउन थालेका थिए । तीन वर्षले जेठा अंकल कुआभोसँगै हुर्किएका टेकअफले अंकल र अर्का नाता पर्ने अफसेनसँग मिलेर सन् २००८ देखि संयुक्त रुपमा गाउन थालेका थिए ।

    सुरुमा पोला क्लब नाम रहेको व्यान्डले सन् २०११ देखि भने मिगोसको नाममा गित रेकर्ड गर्न थालेको थियो । मिगोसले सन् २०१३ देखि लोकप्रियता पाउन थालेको थियो । टोरन्टोका ¥यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा थप चुलिन थाल्यो ।

    सन् २०२० मा एक महिलाले टेकअफमाथि यौन हिंसाको आरोप लगाइन् । महिलाले ती ¥यापरले उनलाई लस एन्जल्सको एक पार्टीमा यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । लस एन्जल्स प्रहरीले यस घटनामा ¥यापरमाथि अनुसन्धान सुरु गरेको भए पनि पछि लस एन्जल्स डिस्ट्रिक्ट एर्टोर्नी कार्यालयले प्रमाण नभेटिएको भन्दै आपराधिक मुद्दा लगाउन अस्वीकार गरेको थियो । (गार्जियन)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij