आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १८, २०७९



  • प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए ।

    शुक्रबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका खड्का बलाध्यक्षमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथीमा विजय थापा र आश बहादुर तामाङ्गलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । थापा सुदूरपश्चिम पृतना हेडक्वार्टरको पृतनापति र तामाङ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन् । उक्त दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij