आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लौरो अभियानद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

  • प्रकाशित मिति : सोमवार, कार्तिक २१, २०७९



  • काठमाडाैं । लौरो अभियानले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो ।

    अभियानले नेपालको राजनीतिक प्रणालीमा सबै वर्ग, जाजाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायहरुलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मुल प्रवाहमा समावेश गर्न प्रगतिशील लोकतन्त्रको मान्यतालाई आत्मसाथ गरेको बताएको छ ।

    त्यस्तै नेपाली जनतालाई आफ्नो सरकार प्रमुख प्रत्यक्ष मतदानमार्फत चुन्न पाउने अधिकार सुनिश्चित गर्नु आफ्नो प्रमुख ध्येय भएको बताएको छ । त्यस्तै राजनीतिक स्थिरता र स्वाधिनताका लागि प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।

    प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताउनु भयो ।

    उहाँले लौरो अभियानबाट देशभर २ सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरु पनि डराइरहेको दाबी गर्नुभयो । कलाकार एवं काठमाडौं क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार मधुसुदन पाठकले ‘नो नट अगेन’ बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले सारा लौरो अभियन्ताहरु खुशी हुनुपर्ने बताउनु भयो ।

    लौरो अभियानले अबको विकास दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष, ५० वर्षको योजना बनार अघि बढ्ने, ७ प्रदेशमा ७ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर आध्यात्मिक मार्ग बनाउने, मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको राज्य, सांसद बिहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासनसहितको उन्नतीशील राज्य, पर्यावरणीय सन्तुलन संरक्षण, उत्पादनमुलक अर्थतन्त्र, वैज्ञानिक कर प्रणाली, स्वदेश फर्क अभियानआविष्कार तथा अनुसन्धान केन्द्र स्थापना लगायतका प्रतिवद्धता अघि सारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij