आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राम्री क्षेत्रको बिकासका लागि योजनाबद्ध तवरले लाग्छु : उम्मेदवार गिरी

  • प्रकाशित मिति : सोमवार, कार्तिक २८, २०७९



  • दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार दिपक गिरीले तुलसीपुर ३ राम्री क्षेत्रको विकासका लागि योजनाबद्ध रुपले लाग्ने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राम्रीमा आइतबार भएको घरदैलो तथा भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    सत्ता गढबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गिरीले आफू सिंचाई मन्त्री हुदाँ बृह्त सिचाई योजना तुलसीपुरमा ल्याएको स्मरण गर्दै यस्तै कार्यक्रम ल्याएर राम्री क्षेत्रको विकास गर्ने बताउनुभयो ।

    उहाँले हावापानी, भौगोलिक बनोटले सुन्दर मानिने राम्रीलाई विषेश पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस अवसरमा दाङ क्षेत्र नं. ३(१) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिल्ली चौधरीले बहुबर्षे योजनामा राखेर तुलसीपुर– सल्यान हुँदै धाम जाने बाटो निमार्णका लागि २५ लाख छुट्याएको र अब छिट्टै एक करोड रकम बिनियोजन गरिदिने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij