आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्यत्रका सबै कार्यक्रम रद्ध गरेर प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २९, २०७९



  • काठमाडौं । देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरु रद्ध गरेर प्रधानमन्त्री शेरवहादुर देउवा डडेल्धुरा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुने भएका छन् । उनी कात्तिक २९ गते मंगलबार विहान काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

    समाचारअनुुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौति थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन् । सैनिक स्रोतका अनुसार, प्रधानमन्त्रीको डडेल्धुरा बसाइ अब मौन अवधि शुरु हुन्जेलसम्म हुनेछ । ‘उहां मंसीर १ गते सांझमात्र काठमाडौं फर्किने कार्यक्रम छ,’ सैनिक स्रोतले भन्यो । मंसीर २ गतेबाट मौन अवधि शुरु हुँदैछ । प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन् ।

    देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकालले निकै चर्चा बटुलिसकेका छन् । उनको प्रचार र खटाइबाट आत्तिएका देउवाका प्रचारकहरुले प्रहरी शक्तिको दुरुपयोग गरी ढकाललाई माइकिङ्गसमेत गर्न नदिएर अवरोध खडा गरेका थिए । यो विषय सामाजिक सन्जालमा भाइरल नै भएको थियो र देउवाकै बद्नामी बढी भएपछि प्रहरी प्रशासन पछि हट्नु परेको थियो । सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij