आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

धादिङमा नौ जनाले मात्रै बुझाए हतियार

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९



  • a'emfP xltof/ dn]v', @( sflQs . lhNnf k|x/L sfof{nodf a'emfOPsf] Ohfht k|fKt xltof/ . k|b]z;ef / k|ltlglw;ef lgjf{rgnfO{ nlIft u/]/ lhNnf k|zf;gn] xltof/ a'emfpg ;"rgf hf/L u/]sf] lyof] . tl:a/ M zªs/ >]i7, /f;;

    धादिङ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नौ जनाले १४ वडा विभिन्न किसिमका बन्दुक बुझाएका छन् ।

    जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मङ्सिर १ गतेभित्र हतियार बुझाउन आग्रह पनि गरेको छ । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।

    निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij