शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक

  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३



  • बनेपा–कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ ।

    केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ ।

    नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक कुखुरापालन फार्म भएको समेत तथ्याङ्कमा देखिएको छ ।

    व्यावसायिक कुखुरापालन सर्वेक्षणबाट जिल्लामा मात्रै आठ हजार ५५६ मेट्रिक टन मासु उत्पादन भएको अनुमान गर्दै नेपालभरबाट एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

    तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले कुखुरापालन व्यवसायमा ठूलो लगानी भएकाले त्यसको तथ्याङ्क सार्वजनिक गर्न र अन्डा तथा मासुको उत्पादन पत्ता लगाउन पहिलो पटक व्यावसायिक कुखुरापालन सर्वेक्षण भएको बताए ।

    उनले व्यवसायीले कुखुरा घर निर्माण तथा दाना र चल्लाका लागि सरकारले अनुदान दिनुपर्ने, विदेशबाट गैरकानुनी रुपमा आयात हुने चल्ला खरिदलाई प्रतिबन्ध लगाउनुपर्नेलागयत १० बुँदे सुझाव दिएको जानकारी दिए ।

    सो सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा मात्रै एक करोड ९६ लाख ७७ हजार गोटा अन्डा उत्पादन हुने गरेको र मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ६४ करोड ७८ लाख ८८ हजार, अन्डा बिक्रीबाट रु १५ करोड ५४ लाख ४२ हजार र चल्ला बिक्रीबाट रु आठ करोड ७७ लाख २४ हजार आम्दानी गरेको तथ्याङ्कमा जनाइएको छ ।

    नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार इक्युवेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन भएकामा काभ्रेपलाञ्चोकमा करिब १६ लाख ६० हजार चल्ला उत्पादन भएको छ ।

    जिल्ला तथ्याङ्क कार्यालय धुलिखेलका तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले कुखुरापालन व्यवसाय मुलुकको प्रमुख आर्थिक स्रोत भएकाले त्यसले कुल ग्रार्हस्थ उत्पादनमा गरेको योगदान पत्ता लाग्नुका साथै त्यस व्यवसायमा कति जनशक्ति छ भन्ने विषयमा पनि अध्ययन गरिएको बताए ।
    जिल्लामा २०३१ सालदेखि व्यावसायिक रुपमा कुखुरापालन भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij