प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९
तुलसीपुर/ तुलसीपुरमा यही मंसिर १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको मेलाको मिती नजिकिदै छ । मेला सञ्चालनको लागि आयोजकले धमाधम तयारी पनि गरिरहेको छ । युथ्स अफ तुलसीपुरले आधुनिक पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गर्न थालेको मेलाका लागि अहिले स्टेज र स्टलहरु निर्माणको काम सम्पन्न भईसकेको छ । मेला सञ्चालनको लागि अब गेट निर्माणलगायत अन्य २० प्रतिशत मात्रै सम्पन्न हुन बाँकी रहेको युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।
आयोजकले मेला सञ्चालनको लागि २० प्रतिशत मात्रै काम सम्पन्न गर्र्न बाँकी रहेको जानकारी गराई रहँदा यता तुलसीपुर उद्योग वाणिज्य संघले भने कुनै पनि हालतमा मेला सञ्चालन गर्न नदिने बताएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले मंसिर पुसको महिनामा व्यापारीहरुले ५० लाखदेखि एक करोडसम्मको जाडो सिजनको कपडाहरु ल्याईसकेकाले यो समयमा मेला कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताए । ‘हामीले मेला लगाउन नदिने कुरा हुँदैन, व्यवसायीहरुको पक्षमा काम गर्ने व्यक्ति हौं हामी, चालिसेले भने–अहिले व्यवसायीहरुले जाडोका लागि करोडौको सामान ल्याईसकेको अवस्थामा छ, यो अवस्थामा हामीले कुनै समन्वय बिना उदेश्य हिन एउटा क्लबलाई मेला सञ्चालन गर्न दिने कुरा हुँदैन’ ।
मेला सञ्चालन गर्नु अघी व्यवसायी, स्थानीय सरकार, नागरिक समाज लगायत सरोकार वाला निकाय सँग छलफल गर्नु पर्ने चालिसेले बताए । ‘कुनै क्लबले व्यवसायिक मेला लगाउन पाउँछन् की नाई ? उहाँहरुको विद्यानमा मेला महोत्सव लगाउने भन्ने छ या छैन् भनेर सबैले अध्ययन गर्न जरुरी छ चालिसेले भने–नगरपालिकाले पनि चुनावको बेलामा कार्यपालिकाको निर्णय नहुँदासम्म मेला सञ्चालन नगर्नु भनेर जिल्ला प्रशासन कार्यालयमा पत्र पठाईसककाले यो मेला सञ्चालन हुँदैन’ । तर मेला आयोजक पक्ष युथ्स अफ तुलसीपुरले भने आफूहरु कानुनीरुपमा बलियो भएको भन्दै मेला कुनै पनि हालतमा सञ्चालन गर्ने बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij