आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

विकासका लागि प्रतिपक्षसँग मिलेर काम गर्नेछु : रेखा शर्मा

  • प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९



  • दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नव निर्वाचित रेखा शर्माले दाङको विकासका लागि प्रतिपक्षसँग मिलेर काम गर्ने बताउनुभएको छ।

    गठबन्धनबाट उम्मेदवार भएर विजयी भएपछि विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो्, ‘हामीले जनतासँग प्रतिबद्धता गरेका कुरा पूरा गर्ने छौँ र दाङको विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्ने छौँ ।’

    उहाँले संसदमा पुगेपछि फोहोरी राजनीति नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो । ‘इमानका साथ । निष्ठाका साथ हामी काम गर्ने छौँ । हामी फोहोरी राजनीति गर्ने छैनौँ,’ शर्माले भन्नुभयो्, ‘दाङवासीको शीर ठाडो हुने गरी काम गर्ने छौँ ।’

    उहाँले पाँच वर्षमा मात्र नेताहरु गाउँ आउने भन्ने जनातो गुनासो नआउने गरी काम गर्ने बताउनुभयो । ‘यहाँको समर्थनलाई भुल्ने छैनौँ । पाँच वर्षमा मात्र गाउँमा आउँछन् भन्ने छ जनाताको गुनासो छ,’ उहाँले भन्नुभयो्, ‘यो गुनासो हामीले सम्बोधन गर्ने गछौँ । कतिदिन जिल्ला बस्ने, कहिले गाउँ जाने, कति दिन केन्द्रमा बस्ने भनेर रुटिन नै बनाएर काम गर्ने छौँ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij