आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङ सडकका अतिक्रमित संरचना हटाउन निर्देशन

  • प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९



  • सडक डिभिजन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दाङको धानखोला देखि शिवखोला सडक खण्ड मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागु हुने गरि १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो ।

    दाङ सडकखण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ, बाँया ३१र३१ मिटर भित्र रहेका संरचना हटाउन जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यदि जारी सूचनालाई व्यवास्ता गरेमा सडक विभाग कार्यालयले आफै (पुस १५ भित्र नहटाएमा) हटाउने समेत उल्लेख छ। साथै हटाउन लागेको खर्च समेत सडक मिच्नेहरुले नै ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ ।

    राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ । कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरि दिनका लागि अनुरोध गरेको छ ।

    लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इञ्जिनियर रामपुकार जैसवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij