प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९
दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ।
महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार बुधबार बैठक बसेर हाललाई विवादित भएको ठाउँमा निर्माण भइरहेको तटबन्धन रोक्ने सहमतिभएको हो।
‘भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धनको काम रोक्ने सहमतिभएको हो,’ उनले भने, ‘१० दिनको लागि उक्त काम रोकिने निर्णय गरिएको हो।’
यस दश दिनको समयमा नदीको बहाव क्षेत्रलाई नेपाल र भारतको बीचमा पार्ने काम गरिनेछ। त्यसपछि मात्र के-कसरी काम गर्ने भन्नेबारे निर्णय गर्ने उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij