आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महोत्सवको विरोधमा कालो झण्डा लिएर उत्रिए व्यापारी

  • प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९



  • तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय महोत्सवको विरोधमा व्यवसायीहरु हातमा कालो झण्डा बोकेर विरोधमा उत्रिएका छन् । गएको मंसिर १५ गते लाग्ने भनिएको मेला व्यवसायीहरुको विरोधका कारण केही दिन स्थगित भइ पुनः आजदेखि सञ्चालन हुँदैछ । मेलाको विरोध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ, मेला आयोजक युथ्स अफ तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालगायतको सर्वपक्षिय बैठकले मेला सञ्चालनका लागि ४ बुदे सहमति बनेको थियो ।

    तर सहमति विपरित मेलामा सामान राखिएको भन्दै व्यवसायी विरोधमा उत्रिएका हुन् । मेलामा फेन्सी, जुत्ता, इलेक्ट्रिक सामान राख्न नपाईने सहमति बनेकोमा त्यो निर्णय कार्यान्वय नभएको भन्दै व्यवसायीहरु हात हातमा कालो झण्डा बोकेर तुलसीपुरमा निस्किए हुन् । आन्दोलनरत व्यवसायीहरु विरोध गर्दै अहिले तुलसीपुर उपमहानगरपालिकाको गेटमा धर्ना दिइरहेका छन् । यता मेला आयोजकले भने झाँकी जुलुससहित मेलाको उद्घाटन गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij