प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९
नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको रिपोर्टिङका लागि पुगेका पत्रकारहरुमाथि दुब्र्यवहार भएको छ । शनिवार विहान रिपोर्टिङका लागि पुगेका नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीसहित आधा दर्जन पत्रकारमाथि आयोजकले दुब्र्यवहार गरेको थियो ।
रिपोर्टिङका क्रममा फोटो खिच्न पुगेको समयमा आफूसहित पत्रकारहरु खम्ब पुन, रविन्द्र घिमिरे, जावेद हल्वाई, गौरव गिरी लगायतलाई आयोजक क्रियटिभ ह्याण्ड्सका सौगात विक्रम शाहले दुर्व्यवहार गरेको सुवेदीले बताए ।
सुवेदीले आयोजकका तर्फबाट स्थानीय मिडियाकर्मीहरुलाई विभेद गरेको भन्दै रोष प्रकट गरेका छन् । उनले स्थानीय मिडियाकर्मीहरुलाई अनावश्यक केरकार गरेको बताए । ‘गत बर्ष पनि विभेद गरिएको थियो, हामीले सच्चिन मौका मिलोस् भनेर सामान्यरुपमा लियौं तर फेरि यो पटक दुब्र्यवहार हुनु दुर्भाग्य हो,’ सुवेदीले भने ।
आयोजकले राजधानीका मिडियाहरुलाई बढी स्थान दिएर स्थानीय मिडियालाई ‘अण्डर स्टिमेट’ गरेको सञ्चारकर्मीहरुको आरोप छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij