आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पत्रकारहरुका लागि विज्ञान लेखन तालिम सुरु

  • प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९



  • घोराहीमा पत्रकारहरुका लागि विज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राविधिक ज्ञान दिने उद्देश्यले विज्ञान लेखन तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ता हरुले सत्यमा आधारित समाचारसंगै समृद्व समाज निर्माणका लागि तालिमले सहयोग पुर्‍याउनेमा जोड दिएका थिए । उनीहरूले प्रविधिकको बिकाससंगै पत्रकारहरुले पनि आफ्नो क्षमता बिकासमा जोड दिदै विषयगत ज्ञान हासिल गर्नका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।

    तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तथ्यमा आधारित सत्य कुराको समाचार लेख्नका लागि पत्रकारहरुलाई तालिमले सहयोग पुर्याउने बताए । उनले अपुर्न ज्ञानले भ्रम पूर्ण समाचार आउन सक्ने भन्दै तथ्यमा आधारित समाचारका लागि ज्ञान आवश्यक रहेको बताएका हुन । नेपाल पत्रकार महासघ दाङ शाखाअ अध्यक्ष दुर्गालाल केसीले हरेक दिन हरेक विषयमा ज्ञान राख्नुपर्ने भएकाले पत्रकारहरुले सबै विषयमा ज्ञान राख्नुपर्ने बताए । तथ्यमा आधारित समाचार लेखनसंगै समाजलाई सहि सूचना दिनका लागि हरेक पत्रकारले ज्ञान हासिल गर्नुपर्ने बताए ।

    कार्यक्रममा तालिमको उद्वेश्यका बारेमा वरिष्ठ पत्रकार केदार शर्माले जानकारी दिदै तालिमले अबैज्ञानिक लेखनलाई चिर्दै बिज्ञान संम्बत लेखनलाई सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमहरु देशभर गर्दै हिडेको बताएका थिए । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान ९नाष्ट० का उपकुलपति डा सुनिलबाबु श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण नास्टका प्रबर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले गरेकी थिइन् । तालिमको प्रशिक्षकमा केदार शर्मा र छत्र कार्की रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij