आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेता: शशांक कोइराला

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७९



  • नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै अब पनि संसदीय दलको नेता हुने बताएका छन्। 

    आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्।

    उनले आफ्ना दाजुसमेत रहेका नेता शेखर कोइराला उठेमा सोच्नुपर्ने नभए संसदीय दलको नेता स्वभाविक रूपमै देउवा हुने बताए।

    ‘मेरो दृष्टिकोणमा उहाँ (देउवा) ले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ। मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु,’ उनले भने, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्, म सोचेर मत दिन्छु।’

    उनले आफू एकचोटी मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको बताए। आफू यसपालि मन्त्री पनि बन्नेमा विश्वस्त समेत भएको बताए। 

    ‘मन्त्री बन्न मैले शेरबहादुर जीलाई भनेँ- चार-चार चोटी जितेँ, एकचोटी पनि मन्त्री भएको छैन। हुनत मेरो क्षेत्रमा खरबौंको बजेट भएको छ। मन्त्री नै हुनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अनुभव त प्राप्त गर्नुपर्‍यो। त्यसैले मन्त्री बन्छु भन्ने विलासा त छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij