आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

विरोधमा उत्रेका सर्वसाधारणद्वारा काठमाडौँ महानगरपालिकाको गाडी नियन्त्रण

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७९



  • काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका थिए । 

    महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए.’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो ।’ महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij