आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीका २३ एसपीको सरुवा, ८ जिल्लाका कमाण्डर फेरिए

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७९



  • नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची अनुसार ८ वटा जिल्लामा कमाण्डर फेरिएका छन् । 

    प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ । पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ । कैलाली जिल्ला इन्चार्जमा देवेन्द्र बहादुर पाल र सुर्खेतमा योगेन्द्र सिंह थापालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ट्राफिक व्यवस्थापन कार्यालय बारामा सन्तोष कुमार भट्टराई, नेपाल प्रहरी विशेष कार्यदलमा सुधिर राज शाही र सोमेन्द्र सिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । राठौर कैलाली जिल्लाबाट अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij