प्रकाशित मिति : सोमवार, पुस ४, २०७९
काठमाडौँ। साउथ सुपरस्टार प्रभास मनोरञ्जन उद्योगका सबैभन्दा एलिजिबल ब्याचलर हुन्। प्रभासको नाम लामो समयदेखि बलिउडकी ब्यूटी क्वीन कृति सेननसँग जोडिएको थियो। प्रभास र कृतिको विवाहको खबरले पनि निकै चर्चा पायो। तर अभिनेत्रीले यसलाई अफवाह मात्र भन्दै प्रभाससँगको सम्बन्ध तोडिन्। यी सबै हल्लाका बीच प्रभासले अब आफ्नो विवाहको योजना सार्वजनिक गरेका छन्।
आदिपुरुष स्टार प्रभासले तेलुगु टक शो अनस्टपबलमा आफ्नो विवाहको बारेमा कुरा गरेका छन्। शोको प्रोमो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा प्रभास आफ्नो विवाहको योजनाको बारेमा कुरा गरिरहेका छन्। भिडियोमा शोका होस्ट नन्दमुरी बालकृष्णले प्रभासको विवाहलाई लिएर प्रश्न गरेका छन्।
बालकृष्णले प्रभासलाई भने- हालै जब शरवानन्द शोमा आए, मैले उनको बिहेको बारेमा सोधे, उनको जवाफ थियो की तपाईको भएपछि बिहे गर्छु। अब तपाई कहिले बिहे गर्ने हो त्यो त भन्नु पर्यो नि ? यो प्रश्नमा प्रभासले निकै चलाखीपूर्वक जवाफ दिएका छन्। अभिनेता प्रभासले भने- यदि सर्वानन्दले मपछि बिहे गर्छु भनेको छ भने मैले सलमान खानपछि बिहे गर्छु भन्नु पर्छ।
बिहेको बारेमा प्रभासको यो जवाफ सार्वजनिक हुनासाथ भाइरल भइरहेको छ। फ्यानहरुले प्रभासको स्मार्टनेसको तारिफ गरिरहेका छन्। शोमा प्रभासको कमिक टाइमिङ पनि उत्कृष्ट छ। यहाँ आफ्ना काका कृष्णम राजुको मृत्युको बारेमा कुरा गर्दा प्रभास अलि भावुक देखिन्थे।
प्रोमो हेरिसकेपछि फ्यानहरु अहिले शोको प्रशारणको प्रतिक्षामा छन्। प्रभासको बारेमा कुरा गर्दा उनको सम्बन्धको खबरसँगै उनी आफ्नो व्यावसायिक जीवनलाई लिएर पनि चर्चामा छन्
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij