आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा–चाँदनीमा जग्गाको मूल्य आकासियो

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७९



  • Aerial View

    कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ स्थित सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव भएपछि यहाँको जग्गाको मूल्य आकासिएको छ ।

    सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेपछि यहाँको जग्गाको भाउ बढेको हो । केही वर्षअघिसम्म प्रतिकट्ठा रु तीन लाखमा पाइने जग्गाको मूल्य अहिले रु ८० लाख पुगेको यहाँका स्थानीयवासी बताउँछन् ।

    विसं २०२२ मा बैतडीको पुर्चौडीबाट बसाइँसरी दोधारा–चाँदनी नगरपालिका–१ आएका ५० वर्षीय कृष्णदत्त पन्तले रु तीन लाख पर्ने जग्गाको मूल्य रु ८० लाख पुगेको बताए । “विसं २०२२ मा बैतडीबाट यहाँ आउँदा वन फँडानी गरेर बस्ती बसेको थियो ।” उनले भने, “त्यो बेला भारतको बाटो भएर मात्र महेन्द्रनगर जान सकिन्थ्यो ।” उनले अहिले छ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको मुहार फेरिएको बताए ।

    महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको उनले बताए । “पहिले यहाँ प्रतिकट्ठा जमिन रु दुई÷तीन लाखमा बिक्री हुन पनि मुश्किल हुन्थ्यो, सुक्खा बन्दरगाह बन्ने भएपछि अहिले रु ८० लाखमा प्रतिकट्ठा जमिन बिक्री भइसक्यो ।” उनले भने, “यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि जग्गा खरिदका लागि धेरै आउने गरेका छन ।”

    पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा रु ४० लाख मुआब्जा रकम पाएको उनले बताए । भौगोलिकरुपले विकट मानिएको दोधारा–चाँदनीमा विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएको स्थानीय बताउँछन् । स्थानीय गजीराम महरले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रमा चहलपहल बढेको बताए ।

    “एउटा टोली आएर यहाँ रुख छपानको काम गरेर गइसकेको छ ।” उनले भने, “महाकाली नदीमा चार लेनको पुल बनेपछि यहाँको मुहार फेरिएको छ सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको जग्गाको मूल्य बढेको छ ।” उनले अहिले सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रमा रु ८० लाखदेखि रु ९० लाखसम्म प्रतिकट्ठा बिक्री भइरहेको बताए।

    दोधाराचाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रको जग्गाको मूल्य बढेको बताउनुभयो । “बन्दरगाह बन्ने खबरले जग्गाको मूल्य बढेको छ, यो क्षेत्रका बासिन्दाले रोजगारी पाउने ठूलो आशा छ ।” उनले भने, “भारतीय पक्षले पनि सुक्खा बन्दरगाहसम्म जोड्ने सडकको काम सुरु गरिसकेको छ ।” उनले पछिल्लो समय यस क्षेत्रको आर्थिक गतिविधि बढेको बताए।

    विसं २०६४ मा सरकारले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । अहिले बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ । सरकारले चालु आर्थिक वर्षमा प्रक्रिया अघि बढाउन रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij