आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

उपसचिवसहित ११ कर्मचारीको सरुवा 

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७९



  • काठमाडौँ । उपसचिव सहित ११ कर्मचारीको सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिव, आठ अधिकृत र एक नासुसहित कर्मचारीको सरुवा गरेको हो । 

    अख्तियार स्रोतबाट प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार प्राविधिक उपसचिव रेनु शाक्य उपसचिव विजय राज पौडेल, शाखा अधिकृत द्वय सञ्जय बहादुर स्याङताङ र जीवन निरौला, नापी अधिकृत शालिग्राम लम्साल, विवेक तिवारी, गोपालकृष्ण खर्बुजा र सुरेश श्रेष्ठ, इन्जिनियर कृष्ण थापा, शाखा अधिकृत सुनिता तुम्बाहाङफे र नासु नैन बहादुर कार्कीको सरुवा भएको हो । 

    जसमध्ये उपसचिव शाक्य, शाखा अधिकृत स्याङताङ र तुम्बाहाङफे, नापी अधिकृत लम्साल र तिवारीलाई अख्तियार वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको हो भने उपसचिव पौडेल, शाखा अधिकृत निरौला, नापी अधिकृत द्वय खर्बुजा र श्रेष्ठ, इन्जिनियर थापा र नासु कार्कीलाई आयोगबाट अन्यत्र सरुवा गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij