आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अङ्ग्रेजी नजान्दा होटेलमा काम पाएनन् : गोविन्दा जन्मँदा बुबाले स्वीकारेनन्, आमाको खुट्टा धोएर पानी पिउँथे

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७९



  • आफ्नो उत्कृष्ट नृत्यका कारण छुट्टै पहिचान बनाएका बलिउडका हिरो नम्बर १ गोविन्दा आज ५९ वर्षका भएका छन् । करिब १६५ हिन्दी फिल्ममा अभिनय गरेका गोविन्दालाई उद्योगमा प्रवेश गर्ने वित्तिकै पहिलो वर्ष ४९ वटा फिल्मको अफर आएको थियो । तर एक समय यस्तो पनि रह्यो जब गोविन्दा क्यासेट बेच्ने गर्थे । फिल्मी परिवारसँग आवद्ध हुँदाहुँदै पनि गोविन्दा फिल्ममा आउन चाहँदा आमाबुवाको साथ पाएनन् । गोविन्दाका बुवा अरुण एक अभिनेता र आमा गायिक थिइन् तर गोविन्दाको जन्म हुनुभन्दा केही समय अगाडि नै आमाबुवाबीचको दूरी बढ्यो । त्यसैले गोविन्दाले बुवाको माया पाएनन् ।

    सबै संघर्षका बावजुद गोविन्दा फिल्ममा आए र छाए । आज गोविन्दा ‘एक्टर अफ डिकेड’ को दर्जा राख्छन् । उनको जन्मदिनको विशेष अवसरमा उनको जीवनको संघर्ष र सफलतासँग सम्बन्धित केही विशेष किस्सा जानौँ–

    जन्मिँदा बुवाले स्वीकार गर्न मानेनन्

    गोविन्दाको जन्म २१ डिसेम्बर १९६३ मा मुम्बईमा भएको थियो । उनका बुबा अरुण अभिनेता थिए जसले महबुब खानको फिल्म औरत (सन् १९४०) बाट पहिचान पाए र आमा निर्मला देवी चर्चित गायिका । गोबिन्दा जन्मिनु केही महिना अघि उनकी आमा साध्वी बनेकी थिइन् । उनका बाबुआमा सँगै बस्ने गर्दथे तर साध्वी बनेपछि उनकी आमा बुवा साध्वी बनेपछि उनकी आमा बुवाबाट टाढा भइन् । गोविन्दाका बुबा यसबाट असन्तुष्ट थिए, जुन गोविन्दामाथि पर्न गयो । गोविन्दाको जन्म हुँदा पिताले उनलाई अपनाउन मानेनन् । उनलाई लाग्थ्यो कि गर्भवती भएकै कारण उनकी श्रीमतीले साध्वी बन्ने निधो गरेकी थिइन् ।

    केही समयपछि परिवारका सबै सदस्यले बुझाएपछि पिताको सबै गुनासो र असन्तोष हट्यो । गोविन्दाको परिवार पहिले मुम्बई उपनगरमा एक विलासी बंगलामा बस्थे, तर जब उनका बुबा अरुणले फिल्महरूमा लगानी गर्दै घाटा व्यवहोरे उनीहरू बंगला बेचेर विरारको एउटा सानो घरमा बस्नुपर्‍यो । गोविन्दा यहीँ जन्मेका हुन् । गोविन्दा ६ दाजुभाइमध्ये कान्छो थिए, जसलाई मायाले चिची भनिन्छ, जसको अर्थ अंग्रेजीमा ‘लिटिल फिंगर’ हो ।

    वसईको बार्ताक कलेजबाट बी.कम गरेपछि गोविन्दासँग जागिर थिएन । केही समयपछि उनले होटल ताजमा म्यानेजरका लागि आवेदन दिए । अन्तरवार्तामा उनले अंग्रेजी बोल्न सकेनन् त्यसैले गोबिन्दाले जागिर पाएनन् ।

    फिल्मी यात्रा

    १३–१४ वर्षको उमेरदेखि नै गोविन्दा फिल्ममा आउन चाहन्थे तर उनकी आमाले त्यसको विरोध गरिन् । यस उद्योगमा उनका बुबाले आर्थिक संकटको सामना गर्नुपरेकोले उनी गोविन्दा फिल्ममा आओस् भन्ने चाहँदैनथिन् । गोविन्दा आमालाई नभनी फिल्म स्टुडियो घुम्ने गर्थे । उनका आमाबाबुले उद्योग छोडेको वर्षौं भइसकेको थियो त्यसैले यसबारे कुरा गर्न पनि उनीहरु तयार थिएनन् ।

    गोविन्दालाई नृत्यमा असाध्यै रुची थियो । जब मिथुन चक्रवर्तीको फिल्म डिस्को डान्सर सन् १९८३ मा आयो, गोविन्दाले उनका गीतहरूमा घण्टौँ खर्च गरेर नाच्न सिके र आफ्नो नृत्य रेकर्ड गरे र यसको भीएचएस प्रत्येक स्टुडियोमा वितरण गरे । त्यो रेकर्डिङका कारण गोबिन्दाले पहिलो एड फिल्म पाए ।

    गोविन्दाले पौराणिक ड्रामा शो महाभारतमा अभिमन्युको भूमिकाको लागि अडिसन दिए, तर शो भन्दा पहिले नै उनले पहिलो फिल्म तन बदन (१९८६) पाए ।

    आँखा बन्द गर्दा मामाले थप्पड हान्दै भने, ‘तिमी नै हिरो हौ’

    गोविन्दा धेरै फिल्मका लागि अडिसन दिन्थे, तर त्यतिबेला कुनै पनि फिल्ममेकर नयाँ नायकसँग जोखिम लिन तयार थिएनन् । एक दिन गोविन्दाले आफ्नो डान्स र एक्सन दृश्यका क्यासेटहरू आफ्ना मामालाई पठाए । काका आनन्द गोविन्दाको प्रतिभा देखेर यति खुसी भए कि उनले आफ्नो फिल्मको विषय परिवर्तन गरे र उनलाई आफ्नो फिल्ममा कास्ट गर्ने निर्णय गरे । आनन्दले गोबिन्दालाई एक भेटमा आफ्नो स्क्रिप्ट देखाउँदा उनले ‘फिल्मको हिरो चाहिँ को हो भनेर सोधे । मामाले गोबिन्दालाई आँखा बन्द गर अनि मात्रै भन्छु भने । गोबिन्दाले आँखा बन्द गर्दा मामा आनन्दले उनलाई बेस्सरी थप्पड हानेर ‘तिमी नै यो फिल्मको हिरो हौ’ भने ।

    खुद्दार गोबिन्दाको खुद्दार कहानी

    फिल्ममा सफलता हासिल गर्नुअघि उनी निकै गरिब थिए । एक पटक गोविन्दा आफ्नी आमालाई छोड्न रेलवे स्टेशन पुगेका थिए । भीड यति धेरै थियो कि गोविन्दाले आफ्नी आमालाई ट्रेनमा बसाउन सकेनन् । हेर्दा हेर्दै उनको अगाडिबाट पाँचवटा ट्रेन गयो । आमालाई यसरी उभ्याउँदा गोबिन्दालाई यति नराम्रो लाग्यो कि उनले तत्काल आफन्तसँग पैसा उधारो मागेर आमालाई फर्स्ट क्लासको टिकट लिएर उनलाई रेलमा बसाले ।

    आमाको खुट्टा धोएको पानी पिउँछन् गोविन्दा

    गोविन्दाले पहिलो पारिश्रमिक साढे चार हजार पाएका थिए । त्यही पैसाले उनले आमाको लागि साडी र मिठाई लिएर घर आए । गोविन्दाले अहिलेसम्म आमाको जन्मदिनमा खुट्टा धोएर त्यो पानी पिउने गरेका छन् । गोविन्दा आफ्नी आमालाई यतिसम्म मान्छन् कि विवाह अघि श्रीमती सुनिताको जन्मदिनमा खाना खान ताज होटल जाँदा स्याम्पेन पिउनु अघि उनले आमालाई फोन गरेर अनुमति लिएका थिए ।

    केही फिल्मबाटै बने बलिउडका हिरो नम्बर वन

    तन बदन गोविन्दाको पहिलो फिल्म थियो तर त्यसअघि इल्जाम रिलिज भएको थियो जुन उनको डेब्यु फिल्म बन्यो । कल्ट क्लासिक आवारगी र महा–संग्रामजस्ता उत्कृष्ट फिल्ममा काम गरेर गोबिन्दा स्टार बने । फिल्ममा आएको पहिलो वर्ष नै गोविन्दाले ४९ वटा फिल्ममा काम पाए ।

    जब राजकुमारले अस्वीकार गरे गोविन्दाको ‘तोहफा मोहब्बत का’

    गोविन्दा सन् १९८९ मा आएको जंगबाजमा राजकुमारसँगै देखिएका थिए । यो सुटिङका ​​क्रममा वरिष्ठ कलाकारले नयाँ कलाकार गोविन्दालाई निकै गाली गरेका थिए । गोविन्दाले सुटिङमा आउँदा नयाँ सर्ट लगाएर गएका थिए, जुन राजकुमारलाई निकै मन परेको थियो । प्रशंसा सुनेर गोविन्दा भ्यानिटीमा गए र तुरुन्तै सर्ट फुकालेर राजकुमारलाई दिए । केही समयपछि गोविन्दा सेटमा पुग्दा उनले राजकुमारलाई दिएको सर्टले नाक पुछेको देखे । गोविन्दालाई यो निकै अपमानजनक लाग्यो ।

    ‘दो कैदी’ र ‘फर्ज की जंग’ जस्ता फिल्ममा गोबिन्दा र अमरिश पुरी सँगै देखिए । एक फिल्मको सुटिङका बेला बहस यति बढ्यो कि अमरिशले गोबिन्दालाई थप्पड हाने । एकदिन बिहान ९ बजेको सुटिङ सेड्युलमा गोबिन्दा बेलुका ६ बजे पुगे । यस्तै अमरिश पुरी बिहान ९ बजेदेखि प्रतीक्षा गरिरहेका थिए । गोविन्दा आउनेबित्तिकै अमरिशले धेरै कुरा सुनाए । बहस यति बढ्यो कि अमरिशले गोविन्दालाई बेस्सरी थप्पड हाने । त्यसपछि गोविन्दाले उनीसँग कहिल्यै काम गरेनन् ।

    ५ जनवरी १९९४ मा गोविन्दाको कार अर्को कारसँग ठूलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गोविन्दाको टाउकोमा गहिरो चोट लागेको थियो र उनको धेरै रगत बगेको थियो । गोविन्दा फिल्म खुद्दारका लागि घरबाट निस्किएका थिए । गम्भीर चोट लागे पनि गोविन्दाले सुटिङ रद्द गरेनन् र डाक्टरबाट उपचार गराएपछि सिधै सेट पुगे । सोही दिन गोविन्दाले मध्यरातसम्म सुटिङ गरेका थिए ।

    पहिलो फिल्म तन बदनको सुटिङको क्रममा गोविन्दाको मामा आनन्द सिंहकी साली सुनितासँग भेट भयो । आनन्द उनको फिल्मका निर्देशक थिए। दुवै प्रेममा परे र दुवैले ११ मार्च १९८७ मा विवाह गरे । गोविन्दा इन्डस्ट्रीमा नयाँ भएकाले बिहेको कुरा बाहिर आयो भने करियरमा नराम्रो असर पर्ने उनको भनाइ थियो । यस्तो अवस्थामा उनले आफ्नो विवाहलाई ४ वर्षसम्म गोप्य राखे । गोविन्दाका केही साथीभाइ र आफन्तहरूलाई मात्र उनीहरूको विवाहको बारेमा थाहा थियो । दम्पतीका दुई सन्तान टिना र यशवर्धन छन् । जब गोविन्दाले सन् १९९१ मा छोरीको जन्मदिन मनाउन भव्य पार्टी दिएका थिए । पार्टीको तस्बिर देखेर उनीहरुको विवाह र सन्तानको खबर सुनेर सबै छक्क परे ।

    दैनिक भास्कर

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij