आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार- बालेन शाह

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७९



  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्।

    नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको’ भन्दै टिप्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि उनले लेखेका छन्।

    ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

    नयाँ गठबन्धन सरकारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता छ।

    आइतबार साँझ नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन‍्।

    यसअघि शनिबार पनि बालेनले जननिर्वाचित नयाँ सांसदहरूलाई ‘गफाडी’ भनी टिप्पणी गरेका थिए।

    उनले कवितात्मक शैलीमा लेखेका थिए, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij