आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण आज

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७९



  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ ।

    राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो ।

    सपथ ग्रहणलगत्तै सोमबार नै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ । केही महत्वपूर्ण मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भईरहेको बुझिएको छ ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात वटा दलले समर्थन गरेकाले अन्य भागवण्डाको विषयमा विस्तृत छलफल गरी मिलाउनु पर्ने भएकाले तत्काल सानो मन्त्रिमण्डल बनाउने तय भएको हो ।

    प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् ।

    कांग्रेससँगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij