आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७९



  • इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले जानकारी दिए ।

    बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी ठगबहादुर केसी पक्राउ परेका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनको साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij