आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मिका सिंहको पारिश्रमिक एक मिनेटको १५ लाख

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७९



  • भारतीय गायक मिका सिंहले एक मिनेट गीत गाएको १५ लाख भारु पारिश्रमिक लिएका छन्।

    विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको इन्गेजमेन्टमा उनले एक मिनेटको १५ लाख पारिश्रमिक लिएका हुन्।

    भारतीय सञ्चारमाध्यम कोइमोइका अुसार उनले दश मिनेट गीत गाएका थिए जसको पारिश्रमिक उनले १ करोड ५० लाख भारु लिएका छन्। 

    भारतीय सञ्चारमाध्यमका अनुसार अरूबेला मिका यति पैसा एक घण्टा प्रस्तुुति दिएपछि लिन्थे। धनाढ्य घरको इन्गेजमेन्ट भएपछि उनले महंगो पारिश्रमिक लिएको बताइएको छ।

    मिका अम्बानी परिवारको अधिकांश समारोहमा प्रस्तुति दिन्छन्। यसअघि मुकेश अम्बानीका जेठो छोरा आकाश अम्बानी र छोरी इशा अम्बानीको बिहेमा पनि उनले आफ्नो प्रस्तुति दिएका थिए।

    मुकेश र नीता अम्बानीका छोरा अनन्तको पुस १४ गते इन्गेजमेन्ट भएको हो। उनले एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्।

    उनीहरूको इन्गेजमेन्टमा थुप्रै बलिउड कलाकार आएका थिए। उक्त समारोहमा सलमान खान, शाहरुख खान, रणवीर कपूर, आलिया भट्ट, रणवीर सिंह, जाहन्वी कपूरलगायत उपस्थित थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij