आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भारतमा काम गर्दै आएका कैलालीका एकै परिवारका तीन जनाको कोठामा निस्सासिएर मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७९



  • भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ।

    गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो। 

    आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए। 
    बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए।

    उनका अनुसार भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए। 

    ‘अहिले पोस्टमर्टमको रिपोर्ट आउँदैछ, शवलाई घर ल्याउने प्रक्रिया भइरहेको छ, घरको अवस्थाले कमाउन त्यहाँ गएका थिए’, वडा अध्यक्ष बोहराले भने।

    मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्।

    आमाबुवाको निधनपछि उनीहरू घरमा टुहुरा बनेको वडा अध्यक्ष बोहराले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij