आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७९



  • काठमाडौं । सरकारले अत्यावश्यक पर्नेलाई केन्द्रबाटै छोटो समयमा राहदानी लिन सक्ने व्यवस्था गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले छोटो समयमा अत्यावश्यक पर्नेहरुको राहदानी बनाउँदै आएको छ । तर, पछिल्लो समय राहदानी बनाउनका लागि सर्वसाधारणको अत्यधिक भीड हुने गरेको छ । सीमित स्रोत साधनका कारण पर्याप्त आवेदन लिन नसक्ने बताउँदै आएको विभागको कमजोरीका कारण सर्वसाधारणले हरेक दिन सास्ती व्यहोर्दै आएका छन् ।

    राहदानी विभागमा राहदानी लिनका लागि ठूलो भीड दैनिक रुपमा रहेको हुन्छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा दैनिक देखिने भीड नौलो भने होइन् । अत्यावश्यक भएकाहरुले राहदानी लिनका लागि ठूलै संघर्ष गर्नु परेको छ । विभिन्न जिल्लाबाट आएका सर्वसाधारणले राहदानी लिनका लागि पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया सेवाग्राहीमैत्री नभएको गुनासो लामो समयदेखि गर्दै आए पनि सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन ।

    संरचनागत सुधारमाभन्दा पनि सस्तो प्रचारको लागि नवनियुक्त गृहमन्त्री रवि लामिछानेले केही दिनअघि विभागको अनुगमन गर्नुभएको थियो । उहाँले तत्काल सेवा सुधारका लागि सरोकारवाला अधिकारीहरुलाई दिएको निर्देशनले आम नागरिकले अब लाइन बस्न नपर्ने हो कि भन्ने अपेक्षा गरेका थिए । तर, संरचनागत सुधारमा ध्यान नदिँदा विभागको सर्भरमा समस्या आएपछि सेवा सरल र सहज हुनुको सट्टा ठप्प भएको छ ।

    विभागको सर्भरमा समस्या आउँदा विभिन्न जिल्लाबाट राहदानी बनाउन आएकाहरुको भने बिचल्ली भएको छ । छोटो समयमा राहदानी लिनुपर्नेहरुलाई पर्याप्त सूचना नहुनु र काम नहुनुको पीडा छुट्टै छ । केन्दले सर्भरमा समस्या भयो भनेर पन्छीनु भन्दा छिटो सेवा सुचारु गर्न राहदानी लिन बस्नेको गुनासो छ । उनको गुनासो कसैले नसुनेको बताउछन् ।

    नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरुले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयमा सुधारको पहल गर्नु सकारात्मक हो । तर नीतिगत सुधार भन्दा आदेशको भरमा सेवा चुस्त बनाउँछु भन्ने मानसिकताले राजनीतिक नेतृत्वलाई कर्मचारी प्रशासनले चुनौति दिएको छ । उपप्रधानमन्त्री लामिछानेले तत्काल सेवा सुधार्न निर्देशन दिएलगत्तै विभागको सेवा ठप्प हुनु आश्चर्यजनक छ । देख्दा प्राविधिक समस्या जस्तो भएपनि यसमा मन्त्री वा तालुकदार निकायले आम नागरिकलाई दिने सेवा प्रभावकारी बनाउन नीतिगत सुधारमा ध्यान नदिँदा समस्या आएको हो । राहदानी बनाउनका लागि रोल्पाबाट काठमाडौं आएका एक सेवाग्राहीको पीडा ठूलो छ । एक महिलासम्म होटलमा बस्दा पनि राहदानी नपाउँदा पैसासँग विदेश जानेबाटो पनि बन्द हुन्छ कि भन्ने डर उनमा रहेको छ ।

    यता, विभागले लामो समय कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको र अहिले सहज भएपछि त्यसको चाप राहदानी विभागमा परेको बताउँदै आएको छ । विभागका अधिकारीहरुको अभिव्यक्तिले पनि के स्पष्ट हुन्छ भने नीतिगत सुधार र सेवाग्राहीलाई सहज रुपमा सेवा लिने वातावरण बनाउनु जरुरी छ । पछिलो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेकाले सेवामा समस्या भएको राहदानी विभागमा प्रवक्ता दूरपदी सापकोटा बताउनुहुन्छ ।

    सरकारले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने र धेरै सर्वसाधारणको चाप हुने सरकारी निकायमा सेवालाई सहज र सरल बनाउन जरुरी छ । विभागले अनलाइन आवेदनको व्यवस्था गरे पनि सेवाग्राहीले भौतिक रुपमा कार्यालयमा उपस्थित भएर आफ्नो आवेदन फेरि रुजु गराउनु पर्ने लगायतका झण्झटिला प्रावधानका कारण राहदानी विभाग सेवाग्राहीका लागि थप कष्टकर बन्ने गरेको छ ।

    अझै दूरदराजबाट आएका सर्वसाधारणले सरकारी निकायबाट पर्याप्त सूचना नपाउँदा बिचौलियाबाट ठगिनेको संख्या उत्तिकै कहालिलाग्दो छ । सरकारले यस्ता समस्या हटाएर सेवालाई सहज बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij