आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

छोरी चिनाउँदै जल शाहले भनिन्- वास्तविक जीवनमा आधारित फिल्म गर्ने इच्छा छ

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७९



  • काठमाडौं । अभिनेत्री जल शाह यतिबेला छोरी कलशलाई लिएर नेपाल आएकी छन् । काठमाडौं टेक्नेबित्तिकै उनलाई साथीभाइ र कलाकार भेट्न भ्याइनभ्याइ छ ।

    समकालीन अभिनेता रमेश उप्रेतीसँग हिमालय टीभीबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ पुगेर उनले रमाइलो पनि गरिन् । नेपालमा झण्डै एक महिना रहने जलले उपयुक्त कथावस्तु पाए फिल्ममा कमब्याक गर्न सक्ने समेत बताइन् ।

    आफू राम्रो कथावस्तुको पर्खाइमा रहेको जनाउँदै जलले वास्तविक जीवनमा आधारित फिल्ममा अभिनय गर्ने रुचि रहेको बताइन् । ‘म अभिनय भनेपछि मर्ने मान्छे हुँ । अभिनयबाहेक केही पनि आउँदैन । राम्रो सब्जेक्टको पर्खाइमा छु । वास्तविक जीवनमा आधारित फिल्म गर्ने इच्छा छ,’ उनले भनिन् ।

    केही पहिलेको एक अन्तर्वार्तामा उनले आफूलाई कलगर्ल (यौनकर्मी)को भूमिकामा अभिनय गर्ने इच्छा रहेको बताएकी थिइन् । यसबारे सोधिएको प्रश्नमा उनले आफूलाई अहिले पनि त्यस्तो रोल गर्ने इच्छा रहेको बताइन् ।

    ‘कलगर्ललाई हेर्ने हाम्रो समाजको नजर अलग छ । त्यो चरित्रले उनीहरुको वास्तविक जीवनलाई बाहिर ल्याओस् भन्ने मेरो सोच छ । त्यो भूमिकामा आउन पहिले पनि मन थियो र अहिले पनि छ,’ जलले भनिन्, ‘मलाई वास्तविक चरित्रमा अभिनय गर्ने रुचि छ ।’

    केही दिनअघि कुरा गर्दै अभिनेता रमेश उप्रेतीले जल शाहलाई आफ्नो आगामी फिल्ममा प्रस्ताव गर्ने संकेत गरेका थिए ।

    यसैबीच, जलले छोरी कलशलाई पनि अभिनयमा अघि बढाउनेतर्फ सोचेकी छन् । १६ वर्षीया छोरी कलश अहिले पढाइमा व्यस्त भएकाले, शिक्षा सकिएपछि मात्र उनको इच्छाअनुसार अभिनयमा पनि अघि बढाउन सक्ने जलले बताइन् । ‘उसमा अभिनयको रुचि भयो भने फिल्ममा किन आउन नदिनु ? सबैको माया र सम्मान पाइने यो क्षेत्रमा आउन त दिन्छु तर उसले पढाइ सक्नुपर्छ । कलाकार बन्नुअघि अध्ययन महत्वपूर्ण कुरा हो । दुई वर्षयता उसमा अभिनयको छनक पनि देखिएको छ,’ उनले भनिन् ।

    नेपालप्रति छोरी कलशमा प्रगाढ प्रेम देखिएको भन्दै जलले बर्सेनि छोरीलाई नेपाल घुमाउन ल्याउने बताइन् । ‘अमेरिकामा जन्मिए–हुर्किए पनि हरेक वर्ष उसलाई नेपाल ल्याउँछु । नेपालप्रति उसको माया प्रगाढ छ । नेपालप्रतिको माया र सद्भाव देखेर म चकित छु । राम्रोसँग पढेपछि देशको लागि केही गर्नुपर्छ भनेकी छु,’ छोरीबारे जलले भनिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij