प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७९
नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो।
कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ।
काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। यहाँ हाल भरत बोहरा हाल कार्यरत छन्।
उपत्यका अपराध अनुसन्धानमा भने मनोजकुमार केसीको सरूवा भएको छ। हाल यहाँ जनक भट्टराई कार्यरत छन्।
कमान्ड सम्हालेको एक वर्ष नहुँदै बोहरा र भट्टराईको सरूवा भएको हो। अपराध अनुसन्धान कार्यालयमा कार्यरत भट्टराईको पनि एक वर्ष नहुँदै सरूवा भएको हो।
बोहराको प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा र भट्टराईको प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरूवा भएको छ।
ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरूवा भएको छ। प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देहीमा रहेका उनको ललितपुरमा सरूवा भएको हो।
यस्तै ललितपुरका यज्ञविनोद पोखरेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरूवा भएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख पनि फेरिएका छन्। ब्युरो प्रमुख रहेका अनुरागकुमार द्विवेदीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरूवा भएको हो।
यहाँ प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा कार्यरत जीवनकुमार श्रेष्ठको सरूवा भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij