आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तीन मन्त्रालय लिएर राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्री

  • प्रकाशित मिति : मङ्लबार, माघ ३, २०७९



  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने भएको छ। बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको हो।

    स्रोतका अनुसार राप्रपाले उर्जा, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालय तथा एक राज्यमन्त्री पाएको छ। राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुने भएका छन्।

    अरु दुई मन्त्री र एक राज्यमन्त्रीको अध्यक्ष लिङ्देनले पार्टी छलफल गरेर टुंगो लगाउने राप्रपाका एक नेताले बताए।

    त्यस्तै, राट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री सभापति रवि लामिछाने लिएका छन्। रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ।

    सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

    भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij