आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपालको भूगोलमा मापदण्डअनुसार उद्योग स्थापना गर्न सकिँदैन-क्रसर व्यवसायी

  • प्रकाशित मिति : शुक्रबार, माघ ६, २०७९



  • नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले नेपालको भूगोलमा मापदण्डअनुसार उद्योग स्थापना गर्न नसकिने बताएका छन्।

    राजधानीमा एक कार्यक्रम आयोजना गरी व्यवसायीले यहाँको भूगोलमा मापदण्डअनुसार उद्योग स्थापना गर्न नसकिने बताएका हुन्।

    महासंघका अध्यक्ष सिताराम न्यौपानेले सरकारले बनाएको मापदण्ड व्यवसायीको हित विपरीत भएको बताएका छन्।

    ‘राज्यले बनाएको मापदण्ड मान्छौं, तर त्यो मापदण्ड जनहितका लागि छ कि छैन राज्यले ध्यान दिनुपर्छ,’ उनले भने।

    केही व्यवसायीको प्रभावमा परेर सरकारले एकपक्षीय रूपमा यस्तो निर्णय गरेको उनको आरोप छ।

    ‘सरकारको मापदण्डअनुसार यहाँ घर त बनाउन सकिँदैन, उद्योग कहाँ सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

    सरकारले पुस २० गतेदेखि क्रसर उद्योग बन्द गरेपछि टिपर व्यवसायीको पनि रोजगार गुमेको टिपर व्यवसायीले बताएका छन्।

    निर्माण सामाग्रीको व्यापार हुने समयमा सरकारले यस्तो निर्णय गर्दा निर्माण सामाग्री व्यवसायीलाई प्रत्यक्ष असर परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताए।

    ‘कोभिडले व्यापार शिथिल थियो। बीचमा आर्थिक मन्दी छायो। अब व्यापार होला कि भनेको सरकारले धोका दियो,’ उनले भने।

    निर्माण व्यवसायीले नयाँ सरकारसँग निर्माणका काम धमाधम अघि बढ्ने आशा राखेको उनको भनाइ छ।

    देशभर सञ्चालित एक हजारभन्दा बढी क्रसर उद्योगमध्ये ४ सय हाराहारीका उद्योग बन्द हुने अवस्थामा रहेको व्यवसायीहरूले बताएका छन्।

    पुस २० गते गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको थियो।

    कानुन विपरीत दर्ता नगरी तथा नवीकरण लगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न प्रशासनलाई निर्देशन दिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij