आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सल्यानमा मापदण्ड विपरीत सञ्चालित क्रसर बन्द

  • प्रकाशित मिति : शनिबार, माघ ७, २०७९



  • सल्यान । सल्यानमा मापदण्ड विपरीत रहेका सबै क्रसर बन्द भएका छन्। जिल्लामा मापदण्डविपरित रहेका ५ वटा क्रसर र एक बालुवा प्रशोधन केन्द्र बन्द भएका हुन्। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता नभएका क्रसर र दर्ता भएर नवीकरण नगरेका बालुवा प्रशोधन केन्द्र बन्द भएको जानकारी दिए।

    सिंह एण्ड ब्रोदर हमाल जिबी कम्पनी–काला खेत, कालिका प्यासिफिक ज्वाइन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधीन जाभा धुलिखेल जेबी कम्पनी मिनी क्रसर–बन्गाड बन्द भएका छन्। ढुंगीबगरमा रहेको बागेश्वरी एग्रीग्रेट बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भए पनि नवीकरण नभएकाले बन्द भएको हो।

    जिल्ला प्रशासन कार्यालय सल्यानले गत पुस २२ गते सूचना जारी गर्दै जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो।

    प्रचलित कानुन र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन, प्रशोधनमा संलग्न रहेका क्रसर र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न व्यवसायीको ध्यानाकर्षण गराएको थियो।

    सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्न सघाउन अनुरोध गरिएको छ। अटेर गरे कानुनबमोजिम कडा सजाय हुने चेतावनी दिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij