आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, १ जना घाइते

  • प्रकाशित मिति : आइतवार, माघ ८, २०७९



  • सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो।

    वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

    दुर्घटनामा परेर दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।

    दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

    गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो। गए राति साढे २ बजे दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए। ‘घाइतेका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ, खास कारण भने खुलिसकेको छैन,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij